मुख्यमन्त्री शाहद्वारा प्रशासकीय भवनकाे उद्‌घाटन

बैतडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बैतडीको पुर्चाैडी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनकाे उद्‌घाटन गर्नु भएको छ । नवनिर्मित भवनकाे एक औपचारिक कार्यक्रमकाे आयाेजना गर्दै मुख्यमन्त्री शाहले उद्‌घाटन गर्नु भएको पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जाेशीले जानकारी दिनु भयाे ।

उद्‌घाटन समाराेहमा बाेल्नु हुदै मुख्यमन्त्री शाहले जनताकाे सेवा र कार्यालयकाे सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीले निस्वार्थ भावले लाग्नुपर्ने बताउनु भयाे । उहाँले भन्नुभयाे,”जनप्रतिनिधि र कर्मचारीले जनतालाई सेवा दिन कुनै कसर बाँकी राख्नुहँदैन । निस्वार्थ भावनाले जनताकाे सेवामा खटिनुपर्छ ।”

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

यस्तै प्रदेश सरकारले सुशासनका क्षेत्रमा काम गरिरहेकाे बताउदै उहाँले विचाैलियाका माध्मबाट कुनै पनि याेजना तथा कार्यक्रम सञ्चालन नहुने ठाेकुवा गर्नुभयाे । उहाँले भन्नुभयाे,”प्रदेश सरकारले सुशासनका क्षेत्रमा काम गरिरहेकाे छ । माग र आवश्यकताका आधारमा याेजना छनाैट भएका छन्।”

भवन उद्घाटन संगै नगरपालिकाको सेवा प्रवाहमा सहज हुने पुर्चाैडी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बमले बताउनु भयो ।

भवन समुद्घाटन कार्यक्रमा मुख्यमन्त्री शाहसँगै बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट प्रदेशसभा सदस्य बिक्रम धामी, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख दमन बहादुर कुवँर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपक बहादुर बम, उपप्रमुख मिना धानुक लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीय एवं विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतनिधिहरुको सहभागिता रहेको थियो ।

वि स २०७७ मंसिर १६ गते वाई आर कन्ट्रक्सन प्रालीसँग ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयामा सम्झौता भएको थियो । यो भवन २०८१ जेठमा सम्पन्न भएको हो ।

Loading...