कैलालीमा लागूऔषध सहित २ जना पक्राउ

धनगढी- कैलालीमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट एक र घोडाघोडी नगरपालिका–१ सुखडबाट एक जना पक्राउ परेका हुन ।

Dadeldhura hospital

घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट ४० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका २५ वर्षीय मीनबहादुर बुढामगर पक्राउ परेका छन ।

godawari10 Mahila hinsa
Navadurga sun

इलाका प्रहरी कार्यालय, सुखडको टोलीले उनलाई बुधवार पक्राउ गरेको हो । यता, धनगढीमा ७७ ग्राम चरेस सहित २३ वर्षीया सर्मिला बोहरा पक्राउ परेकी छन् ।

धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट बुधवार बिहान उनी पक्राउ परेकी हुन । इलाका प्रहरी कार्यालय बहुलियाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

Loading...