अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न पक्राउ

अत्तरिया- कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालक महिलासहित युवायुवती पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर २ स्थीत आदर्श गल्लीमा रहेकोे रोहित होटल एण्ड लजबाट होटल सञ्चालकसहित दुई महिला र एक पुरुष पक्राउ परेका हुन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Loading...