कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ मिलन चोक गोदावरी नगरपालिका २ तेघरी, गौरीगंगा नगरपालिका ६ वनबेहडा, भजनी नगरपालिका ९ भुरुवा र टीकापुर नगरपालिका ६ वेलुवाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ५४ हजार ७ सय ४५ मूल्य बराबरको सामान बरामद गरिएको हो।

Navadurga sun

उक्त मूल्य बराबरको प्याज, चिनी, बिडी, सुर्ती, सरप, साबुन, सुटपिस, कुर्ती, जुत्ता, चप्पल, टर्चलाईटको ब्याट्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका २ भासी, बेलौरी नगरपालिका २ खैरेनीचोक र पुनर्वास नगरपालिका १० भिमबस्तीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब १ लाख ६३ हजार ९ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको चिनी, सुर्ती, पेय पदार्थ, दरी कपडा, ट्याक्टरको ब्याट्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...