

बझाङ । बझाङको जयपृथ्वी राजमार्ग विभिन्न ठाउँमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत ३ ठाउँमा पहिरोका कारण अवरुद्ध भएको हो । बुधबार रातिदेखि उक्त राजमार्गको बालुवाटार , जालेबगर र सुबेडामा सडकमाथिबाट पहिरो खस्दा रातिबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।



मुख्य राजमार्गमा चल्ने ठूलासाना सवारीसाधन यति बेला ठप्प छन् । सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।


बिहीबार बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरु रोकिएका छन् । सडक खुलाउन डोजर आए पनि पहिरो झर्न नरोकिँदा खुलाउन समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।

