अत्तरिया- कैलालीको टीकापुरमा प्राविधिक विश्व विद्यालयको भवन निर्माण हुने भएको छ । टीकापुर नगरपालिकाले विश्व विद्यालयका लागि २२ विघा जमिन छुट्याएपछि यसपाली प्रदेश सरकारले भवन निर्माणका बजेट समेत विनियोजन गरेको हो ।
टीकापुरबाट प्रतिनिधित्व गर्ने सांसद ललिता सुनारले प्रविधिक विश्व विद्यालयका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको जानकारी दिईन् ।
‘टीकापुरमा विश्वविद्यालयका लागि अध्ययन भईसकेको छ’, सांसद सुनारले भनिन् । ‘यसपाली प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन भएको छ ।’ उनले प्रविधिक कलेज निर्माणमा सबैलाई सहयोग गर्न समेत आग्रह गरेकी छन् ।