कैलालीमा करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–१ शिबनगर बस्ने लालबहादुर क्षेत्रीको ५ वर्षीय छोरा आकाश क्षेत्रीको मृत्यु भएको हो।

घरमा कोही नभएको बेला खेल्ने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए। उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...