


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ को ६ लेन सडक खण्डबाट भन्सार छलीका सामान बरामद गरीएको छ ।



इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकमा खटीएको प्रहरी टोलीले आज बिहान बेवारिसे इन्टरनेटको केबल तार लगायतका ६३ हजार १२५ बराबरका सामान र वडा नम्बर ४ बाट चिनि सोडा लगायत करिब १९ हजार बराबरका सामान बरामद गरेको हो ।


बरामद गरीएको सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।





