सुप समावेशी विद्यालयलाई शैक्षिक सामग्री सहयोग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरिएको छ ।

नेपाल तरुण दल गोदावरी नगर सभापति तथा कालसैनी फर्निचर उद्योगका संचालक रमेशराज भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आइतबार विद्यालयका आवासिक रुपमा अध्ययनरत फरक क्षमता भएका बालबालिकाहरूका लागि कापी, कलम, पेन्सिल लगायत विद्यार्थीका लागि चाहिने स्टेसनरी सामान सहित सबै विद्यार्थीलाई जुस खुवाएर आफ्नो जन्मदिन मनाए । साथै उनले यस विद्यालय बाहेक अन्य विद्यालयमा अभिभावकत्व लिने देखि शैक्षिक तथा खेलकुदका सामग्री वितरण गर्दै आएका छन ।

उनले जन्मदिनमा फर्जुल खर्च गर्नुभन्दा पनि यसरी अनाथ, असहाय, बेसहारा र फरक क्षमता भएका ब्यक्तिहरू थारै भएपनि सहयोग गर्न पाउँदा निकै खुशी लागेको समेत बताएका छन । आफ्नो तर्फबाट गर्न सकिने सम्पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै गर्ने बताएका छन ।

जन्मदिनको अवसरमा विद्यालयमा आएर विद्यार्थी भाइबहिनीलाई हौसलासँगै मायालु व्यवहार देखाएर सहयोग गर्दै गरेका युवा व्यावसायी भट्टराईलाई विद्यालयका प्रधानाध्यापक देवी साउदले धन्यवाद समेत दिइन । सुप समावेशी आधारभूत विद्यालयमा भट्टराईको जन्मदिनको अवसरमा नेपाली कांग्रेसमा कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकाया लगायत जिल्ला देखि स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Loading...