

कञ्चनपुर- कञ्चनपुरमा एक युवक माथि खुकुरी प्रहार गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–२ का ३२ वर्षीय तिलक पाण्डेले पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीका ३० वर्षीय प्रेम तामाङ माथि खुकुरी प्रहार गरेका हुन् ।



एक होटलमा खाजा खानेक्रममा दुई जना बीच आपसमा विवाद हुँदा तिलकले प्रेममाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । तिलक सोही होटलमा काम गर्छन भने तामाङ खाजा खान गएका थिए । खुकुरी प्रहारबाट घाइते भएका तामाङको पुनर्वास–३ स्थित बिएन पोलिक्लिनिकमा उपचार भइरहेको छ ।


खुकुरी प्रहार गर्ने पाण्डेलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमानाका नजिकैबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

