कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किष्नी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा मोटर चलाई कपडा धुने क्रममा चौधरी करेन्ट लागीर गम्भिर घाईते भएकी थिइन् । घाईते चौधरीलाइ उपचारकालागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...