करेण्ट लागेर ५ वर्षीय बालकको मृत्यु

Dadeldhura hospital

अत्तरिया- कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ का ५ वर्षीय ऋतिक बोहराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई घरमा खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बोहराको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको हो ।

Loading...