दार्चुला घटना : भारतले ड्रोन प्रयोगको लागि अझै अनुमति दिएन

दार्चुला, २६ साउन- महाकालीमा बेपत्ता जयसिंह धामीको ‘डेथ बडी’को खोजी गर्न सरकारले महाकाली नदीमा ड्रोन क्यामरा उडाउन भारतीय पक्षसँग समन्वय गर्दै अनुमति माग गरेकोमा अहिलेसम्म पत्रको जवाफ फर्काएको छैन् । गत शनिबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अधिकारीलाई पत्रचार गरेको थियो ।

Ganyapdhura gau

गत साउन १५ गते भारतीय एसएसबीले तुइन फुकालेर महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानबीन गर्न टोलीले जयसिंहको खोजी गर्न नेपाल सरकारबाट ड्रोन प्रयोग गर्ने बताएपछि ड्रोनसहितको टोली आइतबार दार्चुला पुगेको हो । तर भारतीय पक्षले अनुमति नदिँदा काम अघि बढेको छैन ।

Navadurga sun

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित छानबीन समिति मंगलबार घटनाबारे थप बुझ्न बैतडी पुगेको छ । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने तथा जयसिंहको शव खोजीको लागि सहकार्य गर्न यहाँ गएको हो । उनीहरुले महाकाली नदीसँग जोडिएका जिल्लाहरुका सुरक्षा अधिकारीसँग भेटघाट गर्नेछन् ।

जयसिंहको ‘डेथ बडी’ खोज्न ड्रोन क्यामरासहितको नेपाल प्रहरीको प्राविधिक टोली दार्चुलामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने नदिने बारेमा जवाफ पठाएको छैन् ।

Dadhaldhura pur

सुरक्षा स्रोतका अनुसार भारतले पत्रबारे लिखित मौखिक केहि भनेको छैन् । अहिले ड्रोन क्यामरा नेपालतिरकै भूभागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी छ ।

‘साउन १७ गते गठित छानबीन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ । तर समितिले अझै काम सकेको छैन् । समितिले सबै काम सकेको छैन् ।

तर छानबीन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौं फर्किएको छ,’ छानबीन समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।

सीमा क्षेत्रमा ड्रोन क्यामरा उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका २ मालघाटदेखि सदरमुकाम खलंगासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गरिने छ । भारतले अनुमतिको सम्बन्धमा जानकारी गराएको छैन्, उनले भनिन् ‘अनुमति नआए नेपालपट्टीबाट क्यामराको प्रयोग गर्छौं ।’

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

छानबीन समितिले दार्चुलामा बस्दा नेपाल भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गरेको थियो । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयबासी र घट्नाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना संकलन गरेको हो । (नयाँ पत्रिकाबाट)

ADD Khali jpg
ADD Khali jpg
Loading...