कञ्चनपुरबाट एक बालक बेपत्ता

कञ्चनपुर- बझाङका एक बालक कञ्चनपुर देखि बेपत्ता भएका छन् । बझाङको केदारस्यु गाउँपालिका-७ काडाचौर बस्ने मानसिंह धामी र सीतादेवी धामीको १३ वर्षीय छोरा आयुश धामी बेपत्ता भएका हुन् ।

Dadeldhura hospital

आयुश मंगलवार साँझ ८ बजे कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिकको डेरा गरी बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

आयुश कञ्चनपुरको लिटल स्टारमा कक्षा–३ मा अध्यनरत छन् । उनलाई कसैले देखे वा भेटेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको ९८५८७५०९१७ मा फोन गरेर जानकारी गराई दिन परिवारले अनुरोध गरेका छन् ।

Loading...