

अत्तरिया- कैलालीको अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ ।



जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको हो ।


मोटरसाइकल पल्टिदा चालक गम्भिर घाईते भएका थिए । उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालकको नामथर, वतन अहिले सम्म नखुलेको प्रहरीले बताएको छ ।





