रासायनिक मलमा सहकारीपिच्छे फरक फरक मूल्य

टीकापुर- कृषि सामग्री कम्पनीले सहुलियतमा सहकारीलाई उपलब्ध गराएको रासायनिक मल सहकारीले फरक फरक नाफा राखेर बिक्री गरिरहेका छन् । सहकारीपिच्छे फरक फरक मूल्य छ । मूल्य फरक भएपछि महँगो मूल्य लिने सहकारीबाट आफूहरू ठगिएको किसानको गुनासो छ ।

सहकारीले कृषि सामग्री कम्पनीबाट युरियाको ५० किलोको बोराको ९३६ रुपियाँ ५० पैसाका दरले ल्याएर उपभोक्तालाई एक हजार एक सयदेखि एक हजार दुई सय रुपियाँसम्म लिएर बेच्ने गरेका छन् । सहकारीले खरिद मूल्य ९३६ रुपियाँ ५० पैसामा ढुवानी भाडा, लोड अनलोड भाडा जोडेर मूल्य निर्धारण गरी बेच्ने गरेका छन् । कम्पनीले प्रतिटन चार सय रुपियाँ बिक्रेता छुट दिने गरेको छ ।

Navadurga sun
Godawari sandesh

एउटै वडामा रहेका दुई वटा सहकारीमा मूल्यमा फरक पाइएको छ । जानकी गाउँपालिका–४, मुनुवास्थित कृषक बिज वृद्धि सहकारीले धनगढी जाँदा आउँदाको खर्च लाग्ने, भने जति मल नपाउँदा ढुवानी बढी लाग्दा प्रतिकट्ठा एक हजार १२५ मा बिक्री गरिरहेको रामफल चौधरीले बताउनुभयो ।

Dadeldhura hospital

सोही वडामा रहेको अर्को पशुपति कृषि सहकारीले एक हजार दुई सयमा बेचिरहेको छ । समूहको सल्लाह अनुसार दर निर्धारण गरी बिक्री गरिएको पशुपति कृषि सहकारीका अध्यक्ष सोहनलाल कठरियाले बताए ।

टीकापुर नगरपालिका–१, वनगाउँस्थित नमुना कृषक बिज वृद्धि सहकारीले एक हजार १५० मा बेचिरहेको छ भने सोही वडामा रहेको किसान मल्टिप्रपोज प्रालिले प्रतिबोरा एक हजार दुई सय रुपियाँका दरले बेचिरहेको कोषाध्यक्ष रमेश चौधरीले बताए ।

यही वडामा रहेका जनता कृषि सहकारीलगायतका सहकारीले एक हजार १५० भन्दा माथि मूल्य राखेर बेचिरहेका छन् । मूल्य बढाएका सहकारीले ढुवानी, लोड अनलोड गर्दा उपयुक्त मूल्य राखेको बताए पनि धनगढीबाट सबैभन्दा टाढा रहेको सामुदायिक सहकारी संस्था सत्तीले भने प्रतिबोरा एक हजार एक सयमा बिक्री गरिरहेको व्यवस्थापक दीपककुमार वैद्यले बताउए ।

मलमा अनुगमन नहुँदा सहकारीका नाममा ल्याएर व्यापारीमार्फत बिक्री गर्ने, फुटकर बिक्रीमा प्रतिकिलो ३० रुपियाँ लिँदा किसानलाई मर्का पर्ने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड धनगढी कार्यालयका प्रमुख नवलसिंह बोगटीले त्यस्तै अन्तर नहोस् भनेर अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ ले पालिकामा उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय स्थानीय समिति तोकिएको बताए ।

खरिदमा ढुवानी, लोड अनलोड र नाफा जोडेर मूल्य निर्धारण गरी त्यसैमा कारोबार गर्नुपर्ने बताउनुहुन्छ । धेरै पालिका उक्त समिति क्रियाशील छैनन् भने विरोध जनाउँदा मल नपाइएला भन्ने चिन्ताले किसानले भन्न सकिरहेका छैनन् ।

Loading...