गोदावरी होटल ब्यवसायी संघद्धारा नबनिर्वाचित पत्रकारहरुलाई बधाई तथा स्वागत





अत्तरिया- कैलालीको गोदावरी नगरपालिका क्षेत्र भित्र रहेका होटल ब्यबसायीहरुको साझा संस्था गोदावरी होटल ब्यबसायी संघले गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।



सुदूरपश्चिमकोे राजधानी अत्तरियामा रहेको प्रमुख पर्यटकिय क्षेत्र लामीताल परिसरमा एक कार्यक्रमका बिच साेमबार सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै स्वागत गरेको हो । गोदावरी होटल ब्यबसायी संघकी अध्यक्ष एबम् केन्द्रिय सदस्य धना चोखालको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार मञ्चका सम्पूर्ण पदाधिकारीहरुलाई टिका र खादा लगाइ स्वागत गरिएको थियो ।


कार्यक्रममा बोल्दै गोदावरी होटल ब्यबसायी संघकी अध्यक्ष चोखालले अत्तरिया क्षेत्रमा बिभिन्न मिडियामा आबद्ध पत्रकारहरु एक जुट भएर लाग्नु खुसीको कुरा भएको र सबैले निष्पक्ष रुपमा कलम चलाएर अत्तरिया क्षेत्रको बिकासमा ध्यान दिन आग्रह गरेकी छन् । कार्यक्रममा होटल ब्यबसायी संघका पदाधिकारीहरु सहभागीता रहेको थियो ।



