



धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका– ३ बिशालनगर, धनगढी – ४ बसपार्क, धनगढी– ९ त्रीवेणीघाट र टीकापुर नगरपालिका– ८ बटनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ४१० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।


प्याज, चिनी, मिश्री, नरिवल, सरप, मिठाई, पानीपुरी, मसला, सुर्ती, टाई, नटबोल्ड, खेलौना, भाडकुडा, प्लाष्टिक टोकरी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।





