गोदावरीमा नवनिर्मित संस्कारशालाको नगर प्रमुख भट्टद्वारा उद्‌घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित गोदावरी धाममा नवनिर्मित संस्कारशालाको उद्‌घाटन गरिएको छ । शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले भवनको उद्‌घाटन गरेका हुन् ।

उद्‌घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले अन्तिम संस्कार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले संस्कारशालाको निर्माण गरिएको बताए । “गोदावरी धाममा विभिन्न ठाउँबाट शवहरू आउने भएकोले कतिपय बाहिरबाट आउने व्यक्तिहरूलाई अन्तिम संस्कारका लागि स्थानको आवश्यकता परिरहेको हुन्छ उनले भने त्यस्ता व्यक्तिहरूलाई सहजता हुने विश्वास लिएको छु ।”

Navadurga sun

त्यस्तै नगर उप प्रमुख शारदा देवी रोकायाले कोठा भाडामा बस्ने लगायतका व्यक्तिहरूले अन्तिम संस्कार गर्न झेलीरहेको समस्या समाधान हुने बताइन् । उनले गोदावरी प्रदेशकै मुख्य प्रवेशद्वार भएकोले गोदावरी धाममा संस्कारशालाको निकै आवश्यकता देखेर आफूहरूले पहल गरेको बताइन् । गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जनताका पक्षमा काम भएको बताए ।

“गोदावरी धाममा थुप्रै विकास निर्माणका काम भएका छन्, उनले भने संस्कारशाला पूर्णरुपमा जनतालागि निर्माण भएको संरचना हो ।”सहरी विकास संघीय कार्यान्वयन इकाइ धनगढीको आर्थिक सहयोगमा चारकोठे भवन निर्माण गरिएको हो । भवनको हत्तिनाथ निर्माण सेवाले भ्याट बाहेक २८ लाख ५० हजारमा गत फाल्गुनमा ठेक्का लिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...