अत्तरिया- अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोदावरी नगरपालिका अत्तरिया कैलाली को १५ औ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न गरेको छ । बिहीबार कैलालीको अत्तरियामा रहेको नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
अपि सैपालका अध्यक्ष बसन्त रोकायाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथिहरूमा गोदावरी चेम्बर्स अफ कमर्सका अध्यक्ष नैनसिंह भाट, लेखा परीक्षण प्रकाश दत्त भट्ट, अपि सैपालका निवर्तमान अध्यक्ष मेघराज भट्ट, गोदावरी नगरपालिका प्रवक्ता तथा १ नं. वडा अध्यक्ष गोपाल दत्त भट्ट रहेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापा, पदमा अस्पतालका प्रबन्ध निर्देशक डाक्टर नर बहादुर मौनी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले गोदावरी नगरपालिकामा ५७/५८ वटा सहकारीहरू रहेका छन् । सहकारीबाट ससाना व्यापारीहरूले बिना धितो ऋण लिइ आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । गोदावरी नगरपालिका सधैँ सहकारी विकासको लागि तत्पर रहेको बताए । ‘अपि सैपाल यस छेत्रको अथवा कैलाली जिल्लाको उत्कृष्ट सहकारी भएको र यसलाइ लागेको आरोप गलत छ ।’ उनले भने, ‘हामीले निगरानी गरिरहेका छौं । पत्रकारहरूले अफवाह फैलाउनु अथवा भ्रम फैलाउनु हुँदैन । प्रमाण सहित समाचार प्रकाशित गर्नुपर्छ । यो संस्था स्थानीय सञ्चालक समितिहरूको र स्थानीय शेर सदस्यहरूको संस्था भएकोले यो संस्थाले गलत गर्दैन र गलत गर्नु हुँदैन। संस्थालाई धरापमा पार्ने मानिसहरूबाट सावधान हुनुहोस् । सहकारी अहिले फाइदामै छ।’

कार्यक्रमको समापन गर्दै अध्यक्ष रोकायाले १५ लाख नाफा कमाएको संस्थाको बदनाम गरेर बदनाम नहुने यो संस्थासँग सम्पत्ति पनि छ । मैले केही हिनामिना गरेको भए मलाई जुनसुकै सजाय देउ तयार छु बिना योगीको विषयमा डराउनुपर्ने छैन । मैले अरुको पैसा फिर्ता गर्न बिनालाई भनेको पनि छु । आषाढ १५ गते मैले बिनाको बारेमा जानकारी पाएको थिए । त्यसपछि हामीले बिनालाई निलम्बन गर्यौ हाम्रा शेयर सदस्यहरू दुई वर्षसम्म पनि आफ्नो पैसाबारे जानकारी लिन आउँदैनन् । सहकारीबाट बिनाले एक रुपैयाँ पनि खाएको छैन । शिव शिखर जस्तो संस्था यसलाई सम्झनु नपर्ने सबैले बुझेर मात्र यस संस्थामा पैसा राख्ने र ऋण लिने गर्नुहोस् । केही हजार मात्र गएको भए त्यो पनि आउँदैछ बताउनु भयाे ।
वार्षिक प्रतिवेदन २०८०/०८१ प्रस्तुत गर्दै कोषाध्यक्ष भरत बहादुर खत्रीले यस संस्थाले १४ वर्ष पार गरी १५ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न गर्दा संस्थाका जम्मा शेयर सदस्य संख्या ३ हजार १५ जना, संस्थाको सेयर पूँजी १ करोड ४५ लाख ६७ हजार १ सय रहेको छ । निक्षेप बचत ४ करोड ५० लाख ६९ हजार ९ सय ९७ रहेकाे छ । संस्थाको यस वर्षको खुदनाफा १४ कराेड १५ लाख २६ हजार ५८ र गत वर्षको खुदनाफा १ लाख ११ हजार ३ सय ४३ पैसा ६२, यस वर्षको जम्मा सम्पत्ति ५० लाख ५० हजार ४ सय ४५ रहेको छ । संस्थाको गत वर्षको शेयरपूँजी १ करोड ५० लाख ५० हजार ६ सय रहेको छ । अधिकांश वक्ताहरूले अपि सैपाल प्रति भ्रम फैलाई केही स्वार्थ पूर्ति गर्नको लागि गरेको कार्यले संस्थालाई घाटामा लग्न कोसिस गरेको र यसबाट केही व्यक्तिहरूले आफ्नो रकम असुरक्षित ठहर्याई रकम झिकेकोमा संस्थालाई हानि भएको बताए साथै यस्ता भ्रमहरू बजारमा आए पहिले संस्थाको अवलोकन गरी त्यसपछि अन्य कार्य गर्न सुझाव दिइएको छ । अपि सैपालका पदाधिकारी सँग व्यक्तिगत रिस भए पनि संस्थाको बदनाम गर्नु निन्दनिय कार्य भएको पनि बताइएको थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य अपि सैपालका उपाध्यक्ष बालकृष्ण प्रसाईले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन अपि सैपालका सचिव मदनराज शर्माले गरेका थिए ।
सहकारीकाे अध्यक्षमा भट्ट निर्वाचित
अपि सैपाल वचत तथा ऋण सहकारी संस्था अत्तरिया कैलालीकाे अध्यक्षमा मेघराज भट्ट निर्वाचित भएका छन् । सहकारीको बुधवार सम्पन्न १५ औँ वार्षिक साधारणसभाले भट्टलाई अध्यक्ष निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा बालकृष्ण प्रसाई, सचिवमा मदन राज शर्मा (जोशी) र कोषाध्यक्षमा भरत बहादुर खत्री निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा डा. नर बहादुर मौनी, विर सिं कार्की र छविराज पाण्डेय निर्वाचित भएका हुन् ।