धनगढी- कैलालीमा करेन्ट लागेर एक जना महिला घाइते भएकी छिन् ।


भजनी नगरपालिका–६ बसाह की ३५ वर्षीय अनिता डगौरा घाइते भएकी हुन् ।

उनी आफ्नै घरमा झाडु लगाउने क्रममा स्टेन पंङ्खाबाट बुधवार करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
