बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रदेश सरकारले राहत दिने

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ ।

Dadeldhura hospital

मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत दिने घोषणा गरेका हुन् । यसै गरी, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

गए राति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको छ । स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो ।

पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएको छ । घटनामा परी छ जना घाइते भएका छन् । पहिरोमा परेको परिवारको तत्काल उद्धार र राहतका लागि निर्देशन दिएको मुख्यमन्त्रीले बताएका छन् ।

Loading...