सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधन विधेयक प्रदेश सभामा पुग्यो

धनगढी- सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधन विधेयक प्रदेश सभामा पुगेको छ । जेठ १३ गते प्रदेश सभाबाट दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको विधेयक समितिमा छलफल पश्चात् प्रदेश सभामा पुगेको हो ।

Dadeldhura hospital

आइतबार समितिमा आवश्यक छलफल सकिएर विधेयक प्रदेश सभामा दर्ता गरिएको समितिका सभापति देवन सिंह बिष्टले बताए । उनले समितिमा सरोकारवाला पक्षको समेत राय र सुझाव समेटेर विधेयक प्रदेश सभामा पठाएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधन नहुँदा प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा विज्ञापन गर्न समस्या भएको छ । प्रदेश सभामा पुगेको विधेयक पारित हुना साथ प्रदेश लोक सेवा आयोगलाई विज्ञापन खोल्न बाटो खुल्ने छ ।

Loading...