कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त नगरपालिका–१७ बडुवाल टोल, दोधारा चाँदनी नगरपालिका–१ फोरलेन पुल नजिक र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ७६ हजार २ सय मूल्य बराबरको सामान बिहीवार बरामद गरेको हो।

Navadurga sun

उक्त मूल्य बराबरको हेयर क्रिम, कस्मेटिक सामान, सुटपिस, थान कपडा, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...