कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।जिल्लाको कैलारी गाउँपालिका-५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले कैलारी गाउँपालिका-२ बस्ने पैदल यात्री ५५ वर्षीया पार्वती चौधरीको बिहीवार मृत्यु भएको हो ।

Dadeldhura hospital

चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाईते भएकी थिइन् । उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकल चालक कैलारी गाउँपालिका-७ बस्ने ४० वर्षीय हरी प्रसाद चौधरी घाईते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमै उपचार भईरहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...