लम्कीमा अटो र स्कारपिओ ठोक्किँदा तीन जना घाइते

Dadeldhura hospital

धनगढी- कैलालीमा अटो र स्कारपिओ एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ मा शुक्रवार भे १ स ४९६५ नम्बरको अटो र बागमती प्रदेश ०१०२६ च ७९८७ नम्बरको स्कारपिओ एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर अटो चालक खेमबहादुर तारमी सहित तीन जना घाइते भएका छन् । यस्तै अटोमा सवार रहेका आरएन वि.क. र आशिष वि.क. घाइते भएका छन् । उनीहरूको स्थानीय प्रतीक स्वास्थ्य सेवा क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...