गोदावरीको सेल्फीडाँडालाई पर्यटकीयस्थलको रुपमा विकास गरिन थालियो
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ को बुढीतोला नजिकै रहेको सेल्फीडाँडालाई पर्यटकीयस्थलको रुपमा विकास गरिन थालिएको छ ।
सेल्फीडाँडामा प्रदेशस्तरकै पार्क निर्माण गर्न सेती सामुदायिक वन र बालग्रीस ट्रेडिङ् प्रालिसंगको सहकार्यमा आँप, लिची, अम्बा, सयपत्री, गुल्मोहर लगायतका फूल तथा बिरुवा रोपेका छन ।
शुक्रबा बृक्षारोपण कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्टले तराई र पहाडको समिपमा रहेको यो सेल्फीडाडाँलाई प्रदेशस्तरकै पार्कको स्वरुपमा डिपिआर अनुसार अगाडि बढाउदै लैजादै गर्दा पछिल्लो समयमा यस पार्कमा फलफूलसँगै सयौँ बोटबिरुवा बृक्षारोपण गरेको बताए । गोदावरी नगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध गर्दैगर्दा आउदै गरेको चाँडपर्वलाई मध्यनजर गर्दै १५ हजार सयपत्री फूलबाट सहुलियतदरमा जनताले फूलमाला पाउनेमा आफू विश्वस्त गरेको बताए ।
भिमदत्त राजमार्ग अन्तरगत गोदावरी पुलबाट सवारीमार्फत करिब १० मिनेटको दुरीमा पर्ने सेल्फीडाँडामा पार्क निर्माण भएमा पर्यटकको संख्या समेत वृद्धी हुने नगरपालिकाको विश्वास छ ।
त्यसैगरी सामुदायिक वनका अध्यक्ष तिलक बहादुर खनालका अनुसार नाङ्गो सेल्फी डाडाँलाई पर्यटन सँगै यस क्षेत्रका जनताको जीविका पार्जनमा सहयोग पुगोस र घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई मनमोहक पार्न आगामी दिनमा कटेज समेत संचालन गर्ने बताए ।
यस्तै सेल्फीडाडालाई पर्यटकीय बनाउनमा अहोरात्र खटिएका युवा व्यावसायी हरिदत्त भट्टराईका अनुसार सेती सामुदायिक वन र बालग्रीस ट्रेडिङ् प्रा.लि मिलेर स्थानीय सरकार, सामुदायिक वन र जनतासँग सहकार्य गर्दै थोरै मात्रमा सेयर लागत गरी चारैतिर तारबार गरेको तराईको गर्मी छल्ल आन्तरिक पर्यटनको गनब्य बनाउनका लागि अहिले सम्म १७ हजार बोटबिरुवाको बृक्षारोपण गरेको बताएका छन ।