गोकुलेश्वरमा अध्ययनरत चौधरीको मृत्यु





दार्चुला, २१ साउन- डिलाशैनी गाउँपालिका वडा नं. ६ ककरपाखास्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत एक विद्यार्थीको ज्यान गएको छ ।


कैलालीको लम्किचुहा नगरपालिका घर भइ हाल गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा चौथो सेमेस्टरमा अध्ययन गरिरहेका अन्दाजी २१ वर्षीय गोपाल चौधरीको जन्डिसका कारण बुधबार राती मृत्यु भएको हो ।



