कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको टीकापुर नगरपालिका–९ खैरीपुर, भजनी नगरपालिका–५ लालबोझी, कैलारी गाउँपालिका–५ पबेरा र मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २३ हजार ७२० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

Navadurga sun

उक्त स्थानबाट प्याज, चिनी, दाल, केराउ, खाने तेल, सुर्ती, चप्पल, पानीपुरी, सिलिङ पंखाको ब्याट्री, औषधि, खुर्सानी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...