भूतपूर्व सैनिक सङ्घ जिल्ला कार्यसमिति कैलालीको २८औं वार्षिक साधारण सभा

अत्तरिया- नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ जिल्ला कार्यसमिति कैलाली को २८औं वार्षिक साधारण सभा तथा छैठौं जिल्ला अधिवेशन उद्घाटन समारोहको आज (मंगलबार) अतरियामा सम्पन्न भएको छ । कार्यक्रममा भूपू सैनिक संघ जिल्ला सभापति केशव दत्त पाण्डेको सभापतित्व सुरु भएकाे कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम पितनाका प्रतिनिधि महासेनानी जितेन्द्र प्रसाद गौली रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा भुपु महासेनानी प्रचण्ड बहादुर चन्द र भूपुमासेनानी इन्द्र राना भाट रहेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य भूपू सैनिक उपसभापति लक्ष्मीबहादुर धामी ले प्रस्तुत गरेकाे कार्यक्रमको सञ्चालक भूपू सैनिक जिल्ला सचिव जित बहादुर मल्लले गरेका थिए । कैलालीमा जम्मा १४०० भूपु सैनिकहरू छन् । नवीकरण गरेका भूपू सैनिकहरू ४०० मात्र छन् । सैनिकले राष्ट्रको रक्षा गर्ने अपराध नियन्त्रण तथा जन कल्याणकारी कार्य गर्दै आएका छन् ।

Dadeldhura hospital

भूपू सैनिकहरूले वृक्षारोपण सरसफाई रक्तदान प्राकृतिक प्रकोप विद्यालय स्थापना स्वास्थ्य सेवा सहकारी र प्राकृतिक प्रकोप मा परेकालाई राहत जस्ता सुविधाहरु दिँदै आएका छन् । सैनिक कल्याणकारी कोषमा हाल ५७ खरब रकम छ । यो रकमबाट भूपु सैनिकहरूले पनि केही अपेक्षा गरेका छन् । भूपू सैनिकहरूले व्यवसाय सेक्युरिटी आदिमा काम गरिरहेका छन् । उनका समस्या सुझावहरु हकहित र अधिकार प्राप्त गर्नको लागि नेपाल राष्ट्रिय भूत पुर्व सैनिक संघको स्थापना भएको हो । भूतपूर्व सैनिकहरूलाई विभिन्न किसिमका तालिमहरू पनि यस संस्थाले दिने गर्छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जितेन्द्र गौलीले आफू पनि भविष्यमा भूपु सैनिक हुने भएकाले यस प्रति आफू सकारत्मक रहेकाे छुँ उनले भने । यिनका अधिकारको लागि सबै सैनिकहरूको लागि खुलेका विद्यालयमा सैनिकहरूकै छोराछोरी लाई पढाइ गरिरहेका छैनन् स्वास्थ्य सेवा पनि सबैले लिनुपर्ने छ । यस्ता सेवाहरूमा सुधार गर्नुपर्ने पनि देखिन्छ भूपू सैनिकहरू एकजुट भएर यस्ता समस्याहरुबाट बच्न सकिन्छ । भन्ने कुरा बताए। 

त्यस्तै कार्यक्रमको समापन गर्दै सभापति भुपु सैनिक संघ जिल्ला सभापति केशव दत्त पाण्डेले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ सार्वजनिक संस्था भएकोले यो संस्थाको विकासको लागि सबैले लाग्नुपर्ने यो संस्था आर्थिक रुपले सबल पनि नभएकोले यसलाई सबल बनाउन सबैको सहयोग आवश्यक भएको बताए ।

भुपु सैनिकका पिर मार्का औषधि शिक्षा आवास आदिका पक्षमा सबैले लाग्नुपर्ने बताए । यो संस्थाको हित अधिकार केन्द्रको कार्यालय बोराडाँडीमा रहेको र सबै सैनिकहरूले संस्थाको बारेमा बोराडाँडीमा गएर बुझ्नुपर्ने साथै भूपु सैनिकहरूले खोलिरहेका सहकारीहरूको विस्तार र उन्नतिको बारेमा सबैले ध्यान दिनु पर्ने समेत बताए । 

Loading...