कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद    

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक, बेदकोट नगरपालिका–७ लालपुर र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९५ हजार ६५० बराबरको सामान बरामद गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त मूल्य बराबरको चिनी, मिश्री, दाल, खाने तेल, सरफ, हाडवेयरका सामान, सुटपिस, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...