छानबिन टोली जयसिंह धामी बेपत्ता भएको स्थानमा पुगेर फर्कियो

दार्चुला, २१ साउन– तुईनबाट बेपत्ता भएका दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न घटनास्थलतर्फ गरेको टोली जिल्ला सदरमुकाम फर्किएको छ । करिब एक साता पछि घटना स्थलमा पुगेको टोली दिनभरी घटनास्थलमा अध्ययन गरेर सदरमुकाम फर्किएको हो ।

बिहीबार बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको टोली साझ जिल्ला सदमुकाम फर्किएको टोलीकी सदस्य एवम दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट जोशीले बताएकी छिन ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गत साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए । उक्त घटना पछि भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार काटिदिदाँ धामी बेपत्ता भएको प्रत्यक्षदर्र्शीले बताएका थिए ।

छानबिन समितिले बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरिसकेको छ ।

समितिमा संयोजक जनार्दन गौतम संगै सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट रहेका छन ।

Loading...