धनगढीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक को मृत्यु

धनगढी- धनगढीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १४ मा मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका दुई जना मध्ये एक जनाको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

Dadeldhura hospital

से २ प ४७२९ नम्बरको मोटरसाइकल र से २ प २६५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका १४ डि गाउँका अस्वीन पौडेल र कुल प्रसाद पङ्गाली घाइते भएका थिए । 

Navadurga sun
Godawari sandesh

घाइते भएका कुल प्रसाद पङ्गालीको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कैलालीले जनाएको छ । यस्तै अर्का मोटरसाइकल चालक अस्वीन पौडेलको निसर्ग अस्पतालकै आइसियु कक्षमा उपचार भइरहेको छ ।

Loading...