सुदूरपश्चिममा अबको मुख्यमन्त्री बन्न कांग्रेसभित्र दौडधुप

धनगढी- सुदूरपश्चिममा अबको मुख्यमन्त्री बन्न कांग्रेसभित्र दौडधुप बढेको छ। केन्द्रीय सत्ता समिकरणको सहमती अनुरुप सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने भएपछि कांग्रेसभित्रै दौडधुप बढेको हो। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी अल्पमतमा परेपछि केहीदिनभित्रै बाहिरिँदैछन्। नेपाली कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्री सोडारीले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।

Ganyapdhura gau

सोडारीलाई विश्वासको मतका लागि अझै केही दिनको समयसीमा बाँकी नै छ। सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा पुगेको छ। बजेटसम्बन्धी कानुनहरू आर्थिक ऐन र विनियोजन ऐनको अभावमा सरकारको आम्दानी र खर्च ठप्प छ। प्रदेश सरकारले दैनिक सरदर ४० लाख राजस्व गुमाइरहेको छ भने विनियोजन ऐन नभएका कारण सरकार पूर्णरूपमा बेखर्ची बनेको छ।

Navadurga sun
Godawari sandesh

एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए। तर असार २० गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो। आफ्नै दलका आर्थिक मामिला मन्त्री रहेका सुरेन्द्रबहादुर पालले पेस गरेको बजेटको स्वामित्व पनि नलिने निर्णय एमालेले गरेको छ। अहिले बजेटको भविष्य अन्योलमा परेको छ।

Dadeldhura hospital

यसबिचमा कांग्रेसभित्र भने अबको मुख्यमन्त्रीका लागि नेताहरुबिच लविङ सुरु भएको छ। यसकै लागि केही प्रदेश सभा सदस्य काठमाण्डौं पुगेका छन्। नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले चाहेको व्यक्ति अब मुख्यमन्त्री हुने देखिएको एक नेताले बताए। प्रदेशको ठूलो दलसमेत रहेको कांग्रेसमा अबको मुख्यमन्त्रीका लागि निर्वतमान मुख्यमन्त्री कमलबहादुर शाह, पुराना नेता बहादुरसिंह थापा र दिवानसिंह बिष्ट केन्द्रमा लबिङ गरिरहेका छन्।

कांग्रेसभित्र प्रकाशमान सिंह समूहसँग नजिक रहेका शाहको निर्वाचन जिल्ला कैलाली रहेको र सभापति देउवा पत्नी आरजु राणाले विगतमा पनि कैलालीबाट प्रतिनिधि सभाको निर्वाचनमा पराजित ब्यहोरेको हुँदा आगामी निर्वाचनमा उनको सहजतालाई पनि ध्यान दिँदै उनी मुख्यमन्त्रीमा दोहरिने बलियो सम्भावना रहेको कांग्रेस निकट नेताहरूको तर्क छ।

यस्तै, कांग्रेसका पुराना नेता बहादुरसिंह थापाको निर्वाचन क्षेत्र भने कञ्चनपुर–२ (२) हो। बैतडीमा जन्मिएर कञ्चनपुरमा बसोबास गरिरहेका थापा प्रदेश संसदीय दलको नेता बन्न लबिङ्गमा थिए। केन्द्रीय निर्देशनपछि संसदीय दलको नेता बन्न नपाएका थापाले तत्कालिन मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा मन्त्री हुन मानेका थिएनन्। देउवा गुटकै नेता एनपी साउद समूहका मानिने थापाको यस पटक मुख्यमन्त्रीको बलियो सम्भावना रहेको तर्क समेत गरिएको छ।

देउवा गुटकै अर्का नेता रमेश लेखक यतिबेला संघीय सरकारमा गृहमन्त्री छन र साउद समूहले यस पटक सुदूरपश्चिमको मुख्यमन्त्री पाउने सम्भावना रहेको कांग्रेस नेताहरू बताउछन्। त्यस्तै, कञ्चनपुर–१ (२) बाट प्रदेश सभामा निर्वाचित भएका दिवानसिंह बिष्ट पनि मुख्यमन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका छन्।

शेखर कोइराला समूहका बिष्ट मुख्यमन्त्रीका लागि शेखरलाई लबिङ गर्न दबाब बढाइरहेको नेताहरुबिच चर्चा छ। यसका साथै सभापति देउवाका भतिजा तथा प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा, अछामका मेघराज खड्का, बैतडीका पूर्वमन्त्री शिवराज भट्ट र प्रमुख सचेक बिक्रम धामीपनि मुख्यमन्त्रीको लाइनमा रहेको विषय बाहिर आएको छ।

Couple
Loading...