ताल ठेक्काको विषयलाई लिएर स्थानीय र प्रहरी बिच झडप

अत्तरिया- कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ ।

गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो ।

त्यहाँका स्थानीयले ठेकेदारसँग विवाद गरेको प्रहरीले बताएको छ। यो घटना हिजो भएको थियो। स्थानीयले गाउँपालिका समेत घेराउ गरेका थिए ।

Loading...