अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं ११ र १२ मा निर्माण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।


गोदावरी नगरपालिकाको आर्थिक सहयोग र स्थानियको जन श्रमदानबाट गोदावरी ११ को राममन्दिर र १२ को कोल्मुडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन निर्माण गरिएको थियो । बुधबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका हुन ।




कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले यहाँका विकास निर्माणको बारेमा आफु जानकार रहेको बताए । पालिकाका प्रत्येक वडाको हरेक विकास निर्माणका गतिविधिहरुका बारेमा मलाई थाहा छ । गोदावरी नगरपालीकाले ल्याएको एक वडा एक चिकित्सक कार्यक्रम लाई सबै ठाउँमा सबै जनताका लागि स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्य सहित आज गोदावरीको बिकट वडाले चिनिने ११ र १२ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र गर्न पाउदा आफू खुसी रहेको बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख भट्टले यो क्षेत्र सुगम जिल्लाकै दुर्गम क्षेत्रका रुपमा रहेकाले यहाँ स्वास्थ्य चेकजाँच आवश्यकता रहेको बताए । ‘प्रसुती सेवाका लागी यहाँका महिलाहरुले घण्टौ हिड्नुपर्ने बाध्यता छ ।
यातायातका लागी बाटो पनि अफ्ठ्योरो भएकाले कतिपय महिलाहरुले अस्पताल जान नपाई ज्यान गुमाउनुपर्ने परिस्थीति आएको छ । त्यसैले प्रसुती सेवा नपाई कुनै पनि महिलाहरुले अनाहकमा ज्यान गुमाउन नपरोस र जन्मिने बच्चा पनि सकुशल होस भन्ने उद्देश्यले यहाँ स्वास्थ्य केन्द्र सहित प्रसुती गृह निर्माण गरिएको हो’ उनले भने ।
कार्यक्रममा बोल्दै नगर प्रबक्ता गोपाल दत्त भट्टलेले कोल्मुडा क्षेत्रलाई बिकास र संबृद्ध पार्न कुनै राजनीतिक पार्टी नभनी सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका छन । ‘यो क्षेत्र अत्तरियाबाट पछाडी पारिएको क्षेत्र भएकाले यसको विकासका लागि सबै एक ढिक्का भएर अगाडी बढ्न आवश्यक छ ।’





