अस्पताल बनाउने भन्दै चर्च खोल्ने लेट मेइनसँग उपमहानगरले माग्यो जवाफ

धनगढी– धनगढी-७ मनेहरामा अस्पताल खोल्ने भन्दै भवन निर्माण गरी चर्च चलाउने लेट मेइन धनगढी प्रालिलाई धनगढी उपमहानगरपालिकाले २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेको छ।

Dadeldhura hospital

अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरेर धर्म परिवर्तन गर्न कोरियन नागरिक संलग्न भएको विषयमा लिखित जवाफ तथा प्रमाणहरू पेश गर्न उपमहानगरले सोमवार पत्र काटेको हो।

Navadurga sun
Godawari sandesh

उपमहानगरपालिकाले समाचार तथा स्थानीयको समेत गुनासो आएकाले लेट मेइन धनगढी प्रालिलाई पत्र काटेर संस्था दर्ता भए/ नभएको, भवनको नक्सा पास भए/नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौता बमोजिम कार्यक्रम भए/ नभएको लगायतका प्रमाण माग गरेको छ।

उपमहानगरपालिकाले संस्थासँग हालसम्म चलाएको कार्यक्रमको अभिलेख सहितको लिखित जवाफ मागेको हो।

Loading...