धनगढी जेसिजको सप्ताह सुरु, पहिलो दिन बोटबिरुवा वितरण

अत्तरिया- धनगढी जेसिजको आयोजनामा आइतबारदेखि जेसिज सप्ताह सुरु भएको छ । समुदायसँग जेसिज नारासहित जेसिज सप्ताह सुरु भएको हो ।

सप्ताहको पहिलो दिन विरुवा वितरण गरिएको छ । धनगढीको सहिद गेटमा सर्वसाधारणलाई बोटविरुवाहरु वितरण गरिएको छ। विभिन्न किसिमका ५ सय ३४ विरुवा वितरण गरिएको कार्यक्रमका संयोजक महेश्वर ओझाले बताए ।

पर्यावरण संरक्षणका लागि विरुवा वितरण गरेर जेसिज सप्ताह सुरु गरिएको उनले बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल समेत सहभागि भएका थिए । साउन १२ गतेसम्म विभिन्न कार्यक्रम गरेर जेसिज सप्ताह मनाइने आयोजकले जनाएको छ।

Loading...