अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको केहि व्यवसायीको पसल भित्र पानी पस्दा ठूलो क्षति भएको छ। शुक्रबार विहान आएको बर्षाले अत्तरिया चोकमा रहेका जयप्रकाश खाद्य उद्योग र रिद्धि सिद्धि ट्रेडर्समा पानी पसेको हो ।

पानीको उचित निकास नहुँदा केहि छिनको बर्षाले पसलमा पानी छिरेको जनाएको छ । उद्योग र ट्रेडर्स गरी २० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । पानीले गहुँ, चामल पुरै भिजेका जयप्रकाश खाद्य उद्योगका पवनित मोहपालले जानकारी दिए। पानीको निकास नहुँदा खाद्यान्नमा क्षति पुगेको उनको भनाई रहेको छ ।
पानीको निकास नभएपनि केहि बर्ष यता अत्तरिया चोक डुवानमा पर्ने गरेको हो । त्यसले गर्दा चोकमा रहेका पसलहरु प्रभावित हुने गरेका छन् ।
त्यस्तै शुक्रबारकाे बर्षाले गोदावरी नगरपालिका वडा नं २, शक्ति कटेज पछाडि पनि जलमग्न भएकाे थियाे । भारी वर्षाका कारण घर भित्र सम्म पानी जाने, बाटो बन्द हुने भित्री बाटो मा ३/४ फिट सम्म पानी जम्ने समस्या धेरै बढ्दै गइरहेको छ किन भने यता नाली खोलिएकै छैन, नाली भएको ठाउँ पनि अरूले कब्जा गरेर कसैले आफ्नो लागि बाटो बनाएका छन् त कसैले आफ्नो घर को लागि प्रयोग गरेका छन्। त्यसकारण नगरपालिकाले पानीकाे निकासका साथ साथै ग्राभिल गर्ने ठाउँमा ग्राभिल गरेर यसको निकास ल्याउन जरुरी रहेकाे एक जना स्थानीयले बताए ।