पहुच परियाेजनाकाे सुभारम्भ तथा समन्वय कार्यशाला धनगढीमा सम्पन्न

अत्तरिया- सामाजिक सुरक्षा र सामाजिक संरक्षणमा आन्तरिक र सिमापार आप्रवासी कामदारहरुकाे पहुँच अभिवृद्धि पहुँच परियाेजनाकाे सुभारम्भ तथा समन्वय कार्यशाला धनगढीमा गरिएकाे छ ।

दातृ निकायकाे सहयाेगमा निडस नेपाल कंचनपुरले कार्यान्वयन गर्ने उक्त परियाेजना कैलालीका धनगढी उपमहानगरपालिका र गाेदावरी नगरपालिकामा संचालन हुने जानकारी गराईएकाे छ ।

Navadurga sun

निड्स अध्यक्ष दुर्गा देवी खरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भुषाल, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना, गाेदावरी नगरपालिकाकी उपप्रमुख शारदा राेकायाले परियाेजना बारे सुझाब तथा शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।

परियाेजनाका बारेमा गाेबिन्द न्याैपाने पप्रस्तुती गर्नुभएकाे थियाे । निडस नेपालका सह कार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले संस्थाकाे परिचय सँगै परियाेजनाकाे उद्देश्य र गरिने गतिबिधिका बारेमा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रमकाे संचालन तथा सहजिकरण निड्स नेपालका कार्यक्रम संयाेजक बिनाेद जाेशीले गर्नु भएकाे थियाे ।

यस परियाेजना अन्तर्गत खासगरी देशभित्रै एक ठाउँबाट अर्काे ठाउँमा काम गर्ने कामदारकाे पहुँचमा अभिवृद्धि सँगै उनिहरुकाे सुरक्षाका बारेमा क्रियाकलाप गरिने बताईएको छ । २०५५ सालमा कञ्चनपुरमा स्थापना भएको निड्स संस्थाले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...