सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत

अत्तरिया- सुदूरपश्चिम प्रदेशको पुँजीगत बजेट (विकास बजेट) खर्च प्रगति अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा ६२.०९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो ।

Ganyapdhura gau

पुँजीगततर्फ १७ अर्ब दुई करोड ५४ लाख ३९ हजार रुपियाँ बजेट विनियोजन गरेको सरकारले १० अर्ब ५७ करोड १० लाख ५७ हजार रुपियाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पुँजीगततर्फ छुट्याइएको २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेटमध्ये १५ अर्ब ८१ करोड ६७ लाख ६२ हजार रुपियाँ (६१.२२ प्रतिशत) बजेट खर्च भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसैगरी, चालुतर्फ सरकारले आठ अर्ब चार करोड ६४ लाख ९७ हजार (६७.२८ प्रतिशत) बजेट खर्च गरेको छ । सरकारले चालुतर्फ कूल ११ अर्ब ९६ करोड दुई लाख एक हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा आठ अर्ब ३३ करोड ६४ लाख २३ हजार (६८.१४ प्रतिशत) चालु बजेट खर्च भएको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि कुल २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपियाँ बजेट ल्याएकोमा १८ अर्ब ६१ करोड ७५ लाख ७२ हजार रुपियाँ खर्च गरेको छ । कूल खर्च प्रतिशत ६३.५७ रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारले कूल ६८.८४ प्रतिशत बजेट खर्च गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटमध्ये १० अर्ब ६६ करोड ८० लाख ६७ हजार रुपियाँ खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

औसतमा बजेट खर्च प्रगति सन्तोषजनक नै रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले बताए । सरकार परिवर्तनका बाबजुद गत वर्षकै हाराहारीमा बजेट खर्च भएको उनको भनाइ छ ।

Loading...