कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Dadeldhura hospital

अत्तरिया- कैलालीमा करेन्टर लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर–२ बघनिया की ४० वर्षीय लक्ष्मी जैशी रहेकी छन् ।

बुधबार अपराह्र घरमा पोछा लाउने क्रममा फ्रिजको तार छुन गई करेन्ट लागेकी जैशीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...