अत्तरिया- कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले अनैतिक क्रियाकलाप गर्ने माथि कडाई गरेका छन् ।
मध्य चैत्रमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखका रुपमा हाजिर भएका थापाले पछिल्लो साढे तीन महिनामा अनैतिक क्रियाकलापमा संलग्न ३७ जना पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएका छन् ।
गत आर्थिक वर्ष २०८० /०८१ मा अत्तरियाका विभिन्न होटलहरूमा अनैतिक क्रियाकलाप गर्ने गराउने होटल सञ्चालक सहित ५९ जना पक्राउ परेकोमा ३७ जना पछिल्लो सोढे तीन महिनामा पक्राउ परेका हुन् । गत आर्थिक वर्ष २०८०/०८१ मा अत्तरियाका विभिन्न होटलहरूमा अनैतिक क्रियाकलाप गर्ने गराउने होटल सञ्चालक सहित ३० जना महिला, २८ जना पुरुष र एक जना तेस्रो लिंगी पक्राउ परेका छन् ।
त्यस मध्य १६ जना महिला, २० जना पुरुष र एक जना तेस्रो लिंगी पछिल्लो साढे तीन महिनामा पक्राउ परेको थापाले बताएका छन् ।
हाजिर भएपछि परिचयात्मक, सुझाव, सल्लाहका लागि कार्यक्रम आयोजना गरिएकोमा उपस्थित धेरै व्यक्तिहरूले अत्तरियामा अनैतिक क्रियाकलाप बढेको र राष्ट्रिय स्तरमै अत्तरियाको बेइज्जत भएको भन्ने भनाई सार्वजनिक गरेपछि आफू त्यतातिर बढी केन्द्रित भएको थापाको भनाई छ ।