अत्तरियाको मनहरा मन्दिरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्दै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ मनहरा स्थित श्री ग्वासी समैजी शिव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ।

यही साउन १० गते देखि १६ गते गते सम्म ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने आयोजक श्री ग्वासी समैजी शिव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको स्तरोन्नति, सनातन संस्कृतिको संरक्षण तथा पर्यटकीय स्थल निर्माणका लागि महायज्ञ लगाउन थालिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक शंकर दत्त पन्तले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महायज्ञ सफलता पुर्वक सम्पन्न गर्नका लागि विभिन्न समितिहरु निर्माण गरिएको उनले बताए । महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । मन्दिरको उक्त प्रयासलाई सफल पार्न सक्दो सहयोग गर्न आग्रह गरे ।

oplus_2

यसैबिच मन्दिर परिसरमा रहेको भवनमा महायज्ञ व्यवस्थापन समितिले एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथीको रुपमा गोदावरी नगरपालिकाका नगर प्रबक्ता गोपाल दत्त भट्टले ब्यानर पढेर सचिवालयको उद्घाटन गरिएको छ।

Loading...