गोदावरी धाममा साउन महिना भरी रुद्राभिशेष पुजा

अत्तरिया- साउन महिनाको पहिलो दिन, मंगबार देखि नै महिना भर हिन्दू धर्माबलम्बी महिलाहरुले भगवान् शिवको पूजा आराधना गर्ने गरेका छन् ।

यसै बिच गोदावरी धाम र धनगढीको शिवपुरी धाममा पुजाआजा गर्नका लागि महिलाहरु पुग्ने गरेका छन् । साउन महिना लागे सँगै शिवको पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ ।

विशेष गरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् ।

धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । उनका अनुसार साउन महिना भरी पबित्र मन्दिरमा पूजाआजा हुने र पूजाआजाका लागि विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लाग्ने छ ।

त्यस्तैगरी साउनको पहिलो दिनमा पवित्र धाममा साउन महिनाको पवित्र मौसममा रुद्राभिशेष गर्नका लागि गोदावरी धाममा नै कैवल्यनाथ मन्दिर दर्शन गर्न सकिने भएको छ । गोदावरी धामलाई समग्र विकास र विस्तारका लागि गोदावरी धार्मिक विकास बोर्डको रुपमा अगाडि बढाउने प्रयास गरेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

यसै आर्थिक बर्ष देखि यस पालिका भित्र रहेका मठ मन्दिर, तथा सम्बर्धनका लागि खोलिएका समितिलाई एक ठाउँमा राखेर मुल समितिको रुपमा अगाडि बढाउने र उप समितिको रुपमा विभिन्न मन्दिरमा विकास र संम्वर्धनका लागि जोड दिने मेयर भट्टले बताए ।

धामको विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले बृहत गोदावरी धाम विकास समिति गठन गरेर आफ्नो मातहतमा लिई संरक्षण गर्न जरुरी रहेको धाम विकास समितिका अध्यक्ष जोशीको भनाइ छ ।

Loading...