खानेपानी आयोजना अन्तिम चरणमा

हरिश चन्द/ डडेल्धुरा १ श्रावण । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका हेमन्त बाडा (राजकोट) का बासिन्दालाई समयमै खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले लिफ्टिङ प्रविधिबाट निर्माण भइरहेको हेमन्तबाडा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अहिले करिब ८० प्रतिशत सम्पन्न भएको खानेपानी डिभिजन कार्यालयका प्रमुख कृष्ण बोगटीले जानकारी दिनु भयो । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराले  राजन, जगदम्बा सनलाईट जेभी संग आर्थिक वर्ष २०७६/०७७ मा सम्झौता भई खानेपानी योजनाको निर्माण कार्य प्रारम्भ भएको थियो । सुरुको सम्झौताअनुसार तोकिएको अवधिमा योजना निर्माणको कार्य सम्पन्न नभएपछि दोस्रो पटक आउँदा २०८१ चैत मसान्त सम्मलाई समय थप भएको र अब भने योजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।

सेती नदी बाट लिफ्टिङ प्रविधिबाट सुरु गरिएको खानेपानी योजनाको हालसम्म करिब ८० तिशत काम सम्पन्न भएको बताइएको छ । खानेपानी योजनाको मुख्य पाइपलाइन बिछ्याउने कार्य, इन्टेक, रिजर्भ ट्याङ्की लगायतका संरचना निर्माणको कार्य सम्पन्न भइसकेको छ । बाँकी घर-घर सम्म पाइप विस्तार गर्ने लगायतका काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।

यता सुरुदेखि नै खानेपानी योजना निर्माणको काम सुस्त गतिमा भएको पाएपछि कार्यालयले निर्माण कम्पनीलाई पछिल्लो पटक तोकिएको समयभित्र काम सम्पन्न गर्नका लागि निरन्तर ताकेता गरेको थियो । कार्यकालको दबाबसँगै निर्माण कम्पनीले कामलाई तीव्रता दिन थालेको र सोहीअनुसार काममा प्रगति भएको पाइएको छ । खानेपानी पुग्ने भएपछि स्थानीय नवराज पाण्डेय हर्षित भएका छन । 

पटक पटक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधि, खानेपानी योजनाको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा काममा सन्तोषजनक प्रगति भएको र बाँकी निर्माणका कार्य तीव्र रूपमा भइरहेको पाइएको कार्यालय प्रमुखले जानकारी दिनुभयो । उक्त खानेपानी आयोजना बाट ८ सय घर धुरि  लाभान्वित हुने छन ।

Loading...