कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५५ हजार ७ सय ५० इलाका प्रहरी कार्यालय बेलडाडीले १४ हजार ७ सय ७३ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले २१ हजार र इलाका प्रहरी कार्यालय झलारीले ६ हजार ८ सय ७५ गरी करिब १ लाख ९८ हजार ३ सय ९८ मूल्य बराबरको भन्सार छलीको सामान तेल, टेनिसबल, सुट, चिनी, सोडा,पेय पदार्थ र कस्मेटिकका सामान बरामद गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ ।