बैतडीमा भिरबाट लडेर एक को मृत्यु

बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८ कि ४० वर्षीया जयन्ती मडैको मृत्यु भएको हो ।

सोमवार करिब ९ बजे तिर रिसेडि भिरबाट खसेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

प्रवक्ता प्रहरी निरीषक पाण्डेयका अनुसार घास काट्न गएकी जयन्तीको रिसेडि भिरबाट घासको भारी बाद्ने क्रममा लडेर मृत्यु भएको हो । उनी भिरबाट करिब ६० मिटर तल तिमिले खोलामा खसेकी थिइन् ।

Loading...