प्रधानमन्त्रीमा एमालेका अध्यक्ष ओली  नियुक्त

काठमाडौँ- प्रधामन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

Dadeldhura hospital

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रवार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए। सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रवार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।

Navadurga sun
Godawari sandesh

एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन्। एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय पाउने सहमति भएको छ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन सांसदहरुलाई निम्तो दिएको छ। एक विज्ञप्ती जारी गर्दै शीतल निवासले सोमवार बिहान १०ः३० बजेभित्र प्रवेश गरिसक्न भनेको छ। प्रधानमन्त्रीको शपथ कार्यक्रम भने ११ बजे हुनेछ। 

Loading...