गोदावरी नगरपालिकाले अत्तरिया धनगढी ६ लेन सडकका डिभाईडर लाई गोदावरी धाममा तटबन्ध गर्दै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको गोदावरी धाममा ६ लेन सडक खण्डका डिभाईडरहरुलाई तटबन्धको रुपमा प्रयोग गरिदै छ ।

अत्तरिया-धनगढी ६ लेन सडकका डिभाईडर लाई गोदावरी नदीमा रहेको पवित्र तीर्थ स्थल गोदावरी धाममा राख्न सुरु गरेको छ । सडक विभागको अनुमतिमा १५० थान डिभाईडर आज देखि गोदावरी नगरपालिकाले तटबन्धका लागि उठाउन सुरु गरेको छ।

सडक छेउमा राखिएका डिभाईडरले दुर्घटनाको जोखिम भएपछि केही दिन पहिले देखि हटाउन थालेको थियो । जहाँ कैलालीको खुटिया र म महाकाली नदीमा रहेको पुलको संरक्षणका लागि यस अघि नै सयौं डिभाईडर लगि सकेको थियो ।

डिभाइडरले गर्दा सडकको सोभा विग्रनुका साथै सडक पनि साघुरो भएको छ । हटाइएको डिभाइडरलाई नदीले जोखिम बनाएको सडककै क्षेत्रमा राख्दै आएको र सुदूरपश्चिम को प्रबित्र तिर्थ स्थल गोदावरी धाममा पनि बाढीले बिगत बर्षमा देवालय, मन्दिरमा क्षती पुर्याएको कारण दिर्घकालिन योजना नबन्दा सम्मका लागि तटबन्धनको रुपमा यस ठाउँमा सारीएको नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पैदलयात्रु, चालकहरुले गुनासो गर्दै आएपछि सडक दायाँबायाँ राखिएका सबै डिभाइडर हटाउन थालिएको र उक्त डिभाइडर गोदावरीको बाढी ग्रसित क्षेत्रमा खुटिया, महाकाली र गोदावरी नदीमा तटबन्धको रूपमा प्रयोग हुँदै गरेको जानकारी नगर प्रमुख भट्टले बताएका छन् ।

खुटियामा ३ सय बढी थान डिभाईडर राखिएको बताउदै उनले केही थान डिभाईडर गोदावरीमा पनि राखिने बताए । ६ लेन सडक खण्डको डिभाईडरहरुले तटबन्धन कार्यमा पुलको संरक्षणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । सयौँको संख्यामा राखिएका डिभाइडर हटाउने काम भएपछि सडक फराकिलो बन्नुका साथै सडकमै गाडी पार्किङ गर्ने क्रम घट्दा आवतजावत गर्नेलाई सहजता हुने स्थानीयले बताएका छन् ।

डिभाइडरका कारण सडक साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढी हुने भएका कारण यस्ता ठुला सडकमा अवरोध हुने गरी कुनै पनि वस्तु राख्न नहुने स्थानीयको भनाई छ । डिभाइडर राख्दा सवारी पार गर्न समस्या, आवतजावत गर्दा अप्ठायारो, सवारी निश्चित ठाउँमा पुगाउन लामो समय लाग्ने समस्या थियो । सडक खण्डमा सुरक्षाका लागि आवश्यक जेब्राक्रस, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ लगायत सडक पूर्वाधार तयार नगरी डिभाइडर मात्र राखेर जोखिम झनै बढेको थियो ।

बिभिन्न ठाउँमा छरपष्ट राखिएका डिभाइडरले सडकलाई कुरूप र सवारी चालकलाई सवारी चलाउन समेत समस्या हुने गरेको थियो । सडकमा राखिएका डिभाइडरले विशेष गरी रातिको समयमा डिभाइडरका कारण दुर्घटनाको जोखिम पनि कम हुने विश्वास चालकहरुको छ ।

डिभाइडर हटाइएपछि दुर्घटनाको अवरोध हटेको अनुभुति भएको उनीहरुको भनाई छ ।  यसअघि डिभाइडरको सहायतामा मनलाग्दी रुपमा सवारी पार्किङ समेत हुने गरेकोमा अब त्यस्तो नहुँने चालकले बताएकाछन् । ६ लेन सडकको धनगढी क्षेत्रमा यस अघि नै हटाई सकेको छ ।

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेल्धुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ । वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्त्व ठूलो छ । साथै, गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ ।

Loading...